काठमाडाैं । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि कर प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरिने बताएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एउटै दलको सरकार मुलुकको रुपान्तरणका लागि ‘प्रस्थान विन्दु’ भएको बताएका छन्।
राष्ट्रपति पौडेलले संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गरिने घोषणा गर्दै राजनीतिक स्थायित्व र शासन प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा सरकार अघि बढेको बताए।
नीति तथा कार्यक्रममा राजस्व चुहावट नियन्त्रणका लागि कर प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरिने उल्लेख गरिएको छ। त्यसैगरी, दोहोरो कर नीतिको दायरा विस्तार गरिने तथा मूल्य अभिवृद्धि कर (भ्याट) लाई स्वचालित प्रणालीमार्फत सञ्चालन गरिने व्यवस्था गरिने जनाइएको छ।
सरकारले आर्थिक पारदर्शिता, कर प्रशासन सुधार र प्रविधिमैत्री शासन प्रणालीलाई आगामी वर्षको प्रमुख प्राथमिकताका रूपमा अघि सारेको राष्ट्रपति पौडेलले बताए।

















प्रतिक्रिया दिनुहोस्