Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बागमतीमा भौतिक पूर्वाधारलाई २५ अर्ब ६० करोड विनियोजन, अतिविपन्नलाई घर र मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने

बागमतीमा भौतिक पूर्वाधारलाई २५ अर्ब ६० करोड विनियोजन, अतिविपन्नलाई घर र मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिने
विज्ञापन
Advertisement

काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको जानकारी दिए ।

बजेटमा सामाजिक सुरक्षा र यातायात पूर्वाधार विकासका महत्वाकांक्षी योजनाहरू समावेश गरिएका छन्। सरकारले प्रदेशभित्र बसोबास गर्ने अतिविपन्न नागरिकहरूको आवासको हक सुनिश्चित गर्न ‘मुख्यमन्त्री विपन्न आवास कार्यक्रम’ घोषणा गरेको छ। यस कार्यक्रममार्फत लक्षित विपन्न परिवारहरूका लागि घर निर्माण गरिदिने योजना अघि सारिएको छ। सरकारले यस विशेष आवास कार्यक्रमका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

काठमाडौंमा मेट्रो रेल र भीमफेदी-कुलेखानी सुरुङमार्गको अध्ययन

बजेट वक्तव्यमार्फत अर्थमन्त्री तामाङले संघीय राजधानीसमेत रहेको काठमाडौं उपत्यकाको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न र यातायात आवागमनलाई सहज बनाउन रेल सम्भाव्यता अध्ययनलाई अघि बढाउने बताए । जसअन्तर्गत संघीय सरकारसँगको सहकार्यमा काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

यसैगरी, हेटौँडा र काठमाडौंलाई जोड्ने छोटो दूरीको मार्गका रूपमा लामो समयदेखि चर्चामा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि समेत सरकारले आवश्यक रकम छुट्ट्याएको छ। अर्थमन्त्रीले भने ‘काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप र सवारी आवागमनको सहजताको लागि संघीय सरकार सँगको सहकार्यमा मेट्रो रेल सम्भाव्यता अध्ययनका लागि रकम विनियोजन गरेको छु । भिमफेदी कुलेखानी सुरुङमार्ग सम्भाव्यता अध्ययनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit