Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

मोरङ सीमाक्षेत्रबाट २० लाख भारतीय रुपैयाँ बरामद, दुई जना फरार

मोरङ सीमाक्षेत्रबाट २० लाख भारतीय रुपैयाँ बरामद, दुई जना फरार
विज्ञापन
Advertisement

मोरङ । मोरङको सीमावर्ती क्षेत्र रतुवामाईबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । रकम बोकेर भारतबाट नेपाल प्रवेश गरिरहेका दुईजना भने मोटरसाइकलसहित फरार भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार राति रतुवामाई नगरपालिका–२ स्थित घररुचोक नजिक सीमा क्षेत्रमा निगरानी गरिरहेका सशस्त्र प्रहरीको टोलीले शंकास्पद मोटरसाइकललाई रोक्न खोजेको थियो । त्यसक्रममा मोटरसाइकलको पछाडि बसेका व्यक्तिले आफूले बोकेको झोला सडक छेउमा फालेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

फालिएको झोला चेकजाँच गर्दा पाँचसय दरका ४० बण्डल भारतीय नोट फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बरामद रकम २० लाख भारतीय रुपैयाँ रहेको उनले बताए । सीमा सुरक्षा गुल्म बरडंगा र बीओपी डोरियाको संयुक्त टोलीले रकम बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । रकम कहाँबाट ल्याइएको हो र के प्रयोजनका लागि ल्याइँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

बरामद रकम आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित निकायलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit