काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी नीति तथा कार्यक्रमलाई वाचन गरेका हुन् । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति पौडेलसमक्ष सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए ।
सरकारले देशलाई सम्मानित मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने उद्देश्यका साथ ‘नयाँ चरणको आर्थिक सुधार शृङ्खला घोषणा गरेको छ। आगामी दशकमा औसत सात प्रतिशतको वास्तविक आर्थिक वृद्धि दर हासिल गर्ने महत्त्वाकाङ्क्षी लक्ष्यसहित सरकारले नीतिगत, कानुनी र संस्थागत सुधारको कार्ययोजना अघि सारेको हो। जसमा लगानीको नयाँ मोडलहरु मार्फत सरकारले विदेशी र स्वदेशी लगानी आकर्षित गर्न ‘लगानी एक्सप्रेस’ नीति लागू गर्ने कर प्रणालीमा सुधार गर्ने ,सीमारहित अर्थतन्त्रको अवधारणालगायतका नीतिगत विषय अघि सारेको छ ।
यस्तो छ, सरकारको १०० बुँदे नीति तथा कार्यक्रमको पूर्ण पाठ

















प्रतिक्रिया दिनुहोस्