Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि चितवनमा हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि चितवनमा हुने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापना दिवसको अवसर पारेर आगामी असारमा पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार बसेको केन्द्रीय समितिको बैठकले असार ७, ८ र ९ गते चितवनमा प्रथम महाधिवेशन आयोजना गर्ने औपचारिक निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा आज बिहान बसेको बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो । पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारका अनुसार सुरुमा सभापति लामिछानेले असार ६, ७ र ८ गतेलाई महाधिवेशनका लागि प्रस्ताव गरेका थियो, तर छलफलपछि ७ गतेबाट सुरु गर्ने गरी मिति तय गरिएको हो।

यसअघि निर्वाचन भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय भए पनि रास्वपाले महाधिवेशनको मिति पछि सरेको थियो । रास्वपा २०७९ साल असार ७ गते स्थापना भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit