Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

श्रेष्ठ ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ बाट सम्मानित

श्रेष्ठ ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ बाट सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठ ‘ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’ बाट सम्मानित हुनुभएको छ । उनलाइ  विभिन्न सामाजिक, व्यावसायिक तथा राष्ट्र निर्माणका क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

हाल उनी नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छिन् ।

उनको नेतृत्वमा व्यापार, महिला उद्यमशीलता, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय आर्थिक विकासका क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल भएका छन् ।

व्यावसायिक क्षेत्रमा इमान्दारिता, अनुशासन र दूरदर्शी नेतृत्वका कारण उर्मिला श्रेष्ठ नेपाली निजी क्षेत्रको प्रेरणादायी व्यक्तित्वका रूपमा परिचि छिन । नेपालका सफल र सक्षम महिलाहरूको नाम उच्चारण गर्दा अग्रपङ्क्तिमा पर्ने व्यक्तित्वमध्ये उनी पनि एक ।

विशेषगरी महिला उद्यमीहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा आएकी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् । साथै, महिला तथा पुरुष दुवैलाई क्षमताका आधारमा जिम्मेवार भई अघि बढ्न प्रेरित गर्दै आएकि छन् ।

व्यापारिक पृष्ठभूमि तथा प्राज्ञिक वातावरण बोकेको नेवार परिवारमा जन्मनुभएकी श्रेष्ठ बौद्धिकता एवं कर्मशीलताका कारण लोकप्रिय समेत हुन।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको निजी क्षेत्र, महिला उद्यमशीलता तथा व्यापार प्रवर्द्धनका निम्ति सक्रिय भूमिका खेल्दै आउनुभएको छ । सामाजिक सेवामा समेत उत्तिकै सक्रिय श्रेष्ठले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउदै आएकी छन् । उनको नेतृत्व र समर्पणले नेपाली निजी क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

प्रेरणादायी व्यक्तित्व उर्मिला श्रेष्ठ : संक्षिप्त जीवनी

उर्मिला श्रेष्ठ नेपालको सफल महिला उद्यमी, कुशल व्यवस्थापक तथा सामाजिक व्यक्तित्व हुनुहुन्छ । व्यापार तथा उद्योग क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएकी श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्स की उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड की कार्यकारी प्रमुखको जिम्मेवारीमा रहनुभएको छ ।

नेपालको निजी क्षेत्रलाई सुदृढ बनाउने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा राष्ट्रिय आर्थिक विकासमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने विषयमा उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ । निजी-सार्वजनिक साझेदारीको भावनालाई वस्तुनिष्ठ ढङ्गले आत्मसात गर्दै सबल नेतृत्व प्रदान गर्ने विशेष क्षमता र कार्यदक्षताका कारण उहाँ आफूलाई सक्षम महिला नेतृत्वका रूपमा स्थापित गर्न सफल हुनुभएको छ । व्यवसायीहरूको हकहित, स्वरोजगार सिर्जना तथा उद्यमशीलताको वातावरण निर्माणमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ ।

श्रेष्ठले व्यावसायिक क्षेत्रसँगै सामाजिक सेवामा पनि निरन्तर योगदान दिँदै आउनुभएको छ । शिक्षा, सामाजिक जागरण तथा मानवीय सेवासम्बन्धी विविध अभियानहरूमा उहाँको उल्लेखनीय सहभागिता रहँदै आएको छ ।

उहाँको नेतृत्व क्षमता, कार्यकुशलता, अनुशासन तथा राष्ट्रप्रतिको समर्पणका कारण उहाँ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुँदै आउनुभएको छ । “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” पनि उहाँको योगदानको कदरस्वरूप प्रदान गरिएको प्रतिष्ठित सम्मानका रूपमा हेरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit