Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

लगानीकर्तामा अलमल,थोरै बढ्दा धेरै नाफा बुक गर्न हतारो

लगानीकर्तामा अलमल,थोरै बढ्दा धेरै नाफा बुक गर्न हतारो
विज्ञापन
Advertisement

 काठमाडाैं । यो साता नेप्से परिसूचक पाँच दिन कारोबार भएको छ। यो पाँच दिन भएको कारोबारमा तीन दिन बजार घटेको छ भने दुई दिन मात्र बजार बढेको छ । पहिलो दिन आइतबार १९.८५ बजार घट्दा दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५३ प्रतिशतले बढेको थियो। मंगलबार र बुधबार सूचक निरन्तर ओरोला लाग्यो । यो सातको अन्तिम कारोबार २७.१९ अंकले बढ्दै बजारले लगानीकर्तालाई झिनो आशा राखेर यो साता बन्द भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो साताको तुलनामा पनि बजार उत्तार चढाब नै देखिन्छ। अघिल्लो साता पनि आइतबार बजार बढ्दा सोमबार मंगलबार बजार घटेको थियो भने बुधबार बढेर विहिबार पुनः घट्न पुगेको थियो । अघिल्लो साता नेप्से सूचक २७ सयको विन्दुबाट बजार निरन्तर बढेर पाँचदिनसम्मको अवधिमा उच्च २७८८.०९ विन्दुमा पुगेर बजार फर्कियो ।

अघिल्लो साता लगानीकर्ताहरुमा अझ विचलन देखियो किनभने बजार केही माथि उक्लिदा लगानीकर्ताहरु धेरैले नाफा बुक गरेको देखिन्छ। जसले कारोबार उच्च भएको छ। अघिल्लो साता औसतमा दैनिक १४ अर्ब कारोबार भएको थियो भने पाँच दिन ७० अर्ब रुपैयाँको कारोबार भएको छ ।

तर, यो सातामा नेप्सेको सूचक साताभरीमा ५.३५ प्रतिशतले घट्यो भने कारोबार रकम औसत ९ अर्ब रुपैयाँमा सिमित भयो भने पाँच दिनमा ४५ अर्ब रुपैयाँको कारोबार भएको छ । यो साता बजार अघिल्लो विन्दुबाट एक तह लत झरेको छ । यो दिन उच्च २७१९.६२ सम्म पुगेको थियो। सबैभन्दा २७०२.५६ विन्दुमा रहेको थियो ।

बजारको विश्लेषण

प्रतिनिधि सभाको चुनाव नजिकिदैं गर्दा यतिबेला सर्वाधिक चासो शेयर बजारतिर बढ्न थालेको छ। विगतमा चुनावको समयमा शेयर बजारमा केही सामान्य उत्तार चढाब भएका छन् । अब चुनाव आउन एक करिब एकमहिना बाँकी नरहेको समयमा शेयर बजारमा उत्तार चढाब देखिन थालेको छ । बजार पछिल्लो दुई सातादेखि २६ सय विन्दु र २७ विन्दुको रुपरेखा वरिपरी रुमलिएको छ। बजारमा आएको उत्तार चढाबले भने लगानीकर्ता स्थिर हुन सकिरहेका छैनन् ।

किनभने अलिकति बजार बढेर थोरै अंकले घट्दा लगानीकर्ता नाफा बुक गरिहाल्न थालेका छन् ।विशेषगरी अल्पकालीन लगानीकर्ताहरु यस्तो बजारमा बढी सक्रिय हुने ब्रोकरहरुको विश्लेषण छ । अघिल्लो साता केही उचालिन खोजेको बजारले यो सातामा केही दबाब महसुस गरेको छ ।
यतिबेला सबैको ध्यान निर्वाचत केन्द्रित बनेको छ। अन्तरिम सरकार भएकाले आर्थिक नीतिमा केही ठोस कदम लिन सकिने अवस्था पनि छैन। चुनावको समय भएकाले महँगीकेही बढेको छ ।

अब पार्टीका घोषणापत्रहरु सार्वजनिक हुने तयारीमा छन् । ति पार्टीका घोषणापत्र, राजनीतिक दलले लिन सक्ने आर्थिक, राजनीतिक र सामाजिक अजेन्डाले पनि धेरै कुरामा फरक पार्ने विश्लेषण गरिएको छ । लगानीकर्ताको बजार पूँजी बढेर ४५ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । प्राथमिक शेयरले प्राथमिकता पाइरहँदा बजारमा पूँजी बढीरहेको छ ।

लगानीकर्ता तथा नेपाल इन्भेष्टमेन्ट फोरमका पूर्व अध्यक्ष छोटेलाल रौंनियारले अहिले सबै हिसाबले शेयर बजारका लागि उपयुक्त भएको बताएका छन् । उनले भने,‘ चुनाव हुने निश्चित भएको छ, शेयर बजारमा १५० अर्ब भन्दा बढी कर्जा प्रवाह भएको छ भने आर्थिक सूचकहरु सकारात्मक देखिन्छन, आगामी दिनमा बजार निकै बलियो भएर अघि बढेको छ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit