Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अतिरिक्त क्रियाकलापदेखि उत्कृष्ट नतिजासम्म,विद्यार्थीको रोजाइमा युनिग्लोब कलेज

अतिरिक्त क्रियाकलापदेखि उत्कृष्ट नतिजासम्म,विद्यार्थीको रोजाइमा युनिग्लोब कलेज
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेज विगत एक दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षाका कारण एसइई उत्तीर्ण विद्यार्थीहरूको प्रमुख रोजाइ बन्दै आएको छ । विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा अध्ययन गराउँदै आएको कलेजले अब्बल शैक्षिक वातावरण, आधुनिक भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, छात्रवृत्ति तथा सहज यातायात व्यवस्थाका कारण आफ्नो अलग्गै पहिचान स्थापित गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कलेजमा दक्ष तथा अनुभवी शिक्षकद्वारा विद्यार्थीमैत्री वातावरणमा शिक्षण गरिने व्यवस्था रहेको छ । नियमित कक्षासँगै कमजोर सिकाइ भएका वा विभिन्न कारणले कक्षा छुटेका विद्यार्थीका लागि निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिँदै आएको कलेजले जनाएको छ । बोर्ड परीक्षामा उच्च उत्तीर्ण दर कायम गर्दै आएको कलेजका विद्यार्थीहरू स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयहरूमा मेडिकल, इन्जिनियरिङ, आइटी, सीए र बीबीएजस्ता कार्यक्रमहरूमा छात्रवृत्तिसहित अध्ययन गर्न सफल हुँदै आएका छन् ।

कलेज आधुनिक र सुविधासम्पन्न भौतिक पूर्वाधारले सुसज्जित रहेको बताइएको छ । स्मार्टबोर्ड जडित प्रविधिमैत्री कक्षाकोठासँगै फिजिक्स, केमिस्ट्री, बोटानी, जुलोजी, कम्प्युटर साइन्स तथा होटल म्यानेजमेन्ट विषयका अत्याधुनिक प्रयोगशालाहरू सञ्चालनमा छन् । विद्यार्थीका लागि पुस्तकालय, वाचनालय तथा ई–लाइब्रेरीको व्यवस्था गरिएको छ भने स्वस्थकर र सुलभ खाजाखानाका लागि कलेज परिसरमै चमेनागृह पनि सञ्चालनमा रहेको छ ।

विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै कलेजले विभिन्न अतिरिक्त क्रियाकलापलाई शिक्षण प्रक्रियासँगै अघि बढाएको जनाएको छ । बास्केटबल, क्रिकेट, फुटसल, कविता, निबन्ध, वाक्कला, प्रस्तुतीकरण, पुस्तक समीक्षा, नाटक प्रदर्शन, गायन तथा नृत्य प्रतियोगितालगायत कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गरिँदै आएको कलेजको भनाइ छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूसँग अन्तरक्रिया र स्थलगत अध्ययन भ्रमणले पनि विद्यार्थीको क्षमता विकासमा सहयोग पुगेको जनाइएको छ ।

सामाजिक दायित्वअन्तर्गत कलेजले स्थापना कालदेखि नै उल्लेख्य संख्यामा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । छात्रवृत्ति छनोट परीक्षा तथा स्थानीय निकायमार्फत सयौँ विद्यार्थी लाभान्वित हुँदै आएका छन् ।

यस्तै, काठमाडौँ उपत्यकाका प्रमुख रुटहरूमा बिहानी तथा दिवा दुवै सत्रका विद्यार्थीका लागि यातायात सुविधा उपलब्ध गराइएको कलेजले जनाएको छ ।

एसइई उत्तीर्ण विद्यार्थी र अभिभावकहरू उच्च अध्ययनका लागि उपयुक्त शैक्षिक संस्थाको खोजीमा रहेका बेला युनिग्लोब कलेजले गुणस्तरीय शिक्षा र समग्र विकासलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई स्वागत गर्न तयार रहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit