Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन
विज्ञापन
Advertisement

भद्रपुर ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२-८३ को १० महिनामा रु तीन अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८२ दशमलव २१ प्रतिशत हो ।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयका कर अधिकृत डिल्लीराम चम्लागाईका अनुसार चालु आवको वैशाख मसान्तसम्म रु चार अर्ब ४० करोड १५ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३ दशमलव ८७ प्रतिशत मात्र सङ्कलन भएको उनले जानकारी दिए ।

कार्यालयका तथ्याङ्कअनुसार चालु आवको वैशाख महिनासम्ममा आयकरबाट रु एक अर्ब ६८ करोड ६८ लाख ६७ हजार, मूल्य अभिवृद्धि करबाट रु एक अर्ब २८ करोड ८० लाख १० हजार तथा अन्तःशुल्कबाट रु ४९ करोड ९७ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले करदाता सचेतना, नियमित अनुगमन तथा कर प्रशासनलाई प्रभावकारी बनाउँदै राजस्व सङ्कलन वृद्धि गर्ने प्रयास जारी रहेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit