Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढ्यो, आजको कारोबार मूल्य कति ?

सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढ्यो, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार तोलामा ३३ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १८ सय रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक तोला सुन दुई लाख ९३ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँ तोकिएको थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि ९० रूपैयाँ बढेको छ। बुधबार प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा खरिदबिक्री चाँदी आज तोलाको पाँच हजार ५० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit