Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सत्ती भन्सारले चोरी पैठारीका मालसामान लिलाम बिक्री गर्दै

सत्ती भन्सारले चोरी पैठारीका मालसामान लिलाम बिक्री गर्दै
विज्ञापन
Advertisement

काठमाडौं । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालयले चोरी पैठारीको अभियोगमा बरामद भई कार्यालयमा राखिएका विभिन्न मुद्दाका मालवस्तुहरू खुला बोलकबोल (लिलाम बढाबढ) मार्फत बिक्री गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भन्सार विभागले बुधवार सुचना जारी गर्दै आगामी जेठ २१ गते दिउँसो १ बजेदेखि साढे २ बजेसम्म कार्यालय परिसरमा सामानहरू लिलाम गर्न लागिएको जनाएको हो । भन्सार ऐन, २०८२ को दफा ९२ (१) (ख) तथा भन्सार नियमावली, २०८३ को नियम ८५ (२) बमोजिम ती सामानहरू ‘जस्तो अवस्थामा छन् सोही अवस्थामा’ प्रतिस्पर्धात्मक रूपमा लिलाम गरिने उल्लेख छ ।

लिलाम हुन लागेका वस्तुहरू विभिन्न १० वटा मुद्दामा पक्राउ परेका मालसामानहरू हुन् । जसको कुल प्रारम्भिक न्यूनतम मूल्याङ्कन ३ लाख ७० हजार ४८० रुपैयाँ तोकिएको छ । लिलामीमा राखिएका मुख्य सामानहरूमा मुद्दा नं.३४९ अन्तर्गतका पाउडर, गुलाब जल, लिपिस्टिक, विभिन्न क्रिम, ताल्चा र पंखाको बेस लगायतका कस्मेटिक तथा खुद्रा सामग्रीहरू रहेका छन् ।

यस्तै मुद्दा नं.३६३ का विभिन्न मोडलका मोबाइल फोल्डर, केनभर डिस्प्ले र ब्याक प्यानलहरू, मुद्दा नं. ३७० का ८ पिस पानी तान्ने मोटर र १६ थान बोरिङ पाइप तथा मुद्दा नं.३७३ का ६ थान पुराना १२ भोल्टका ब्याट्रीहरू पनि लिलाम गरिँदैछ । यसबाहेक लेडिज सुट, धोती, चप्पल, स्टील तथा प्लास्टिकका भाँडाकुँडाहरू र साइकल एवं अटोका ट्युबहरू पनि तपसिलमा समावेश छन् ।

भन्सार कार्यालयले लिलाम प्रक्रियालाई व्यवस्थित बनाउन केही अनिवार्य सर्तहरू समेत तोकेको छ । बोलकबोल प्रक्रियामा सहभागी भई सामान सकार गर्दा कबोल गरेको रकमको १० प्रतिशत बराबरको रकम तत्कालै नगद रूपमा कार्यालयमा दाखिला गर्नुपर्नेछ । व्यापारिक प्रयोजनका तथा मूल्य अभिवृद्धि कर लाग्ने मालवस्तुहरूको हकमा भ्याटमा दर्ता भएका व्यावसायिक फर्महरूले मात्र बोलकबोलमा भाग लिन पाउनेछन् । सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिको लिलाम स्वीकृत गरिने र सकारकर्ताले कबोल गरेको अंक र नियमानुसार लाग्ने भ्याटसहित सम्पूर्ण कर रकम ७ दिनभित्र बुझाएर मालसामान उठाई लैजानुपर्ने नियम बनाइएको छ ।

यसका साथै, प्रचलित कानुन अनुसार गुणस्तर परीक्षण गर्नुपर्ने मालवस्तुहरूको हकमा लिलाम सकारकर्ता आफैँले आफ्नै खर्चमा सम्बन्धित निकायबाट परीक्षण गराई उपभोग योग्य प्रमाणित भएपछि मात्र बिक्री वितरण वा उपभोग गर्न पाउनेछन् । निश्चित इजाजतपत्र चाहिने सामानहरू इजाजतवाला फर्मलाई मात्र लिलाम गरिने जनाइएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुखद्वारा प्रमाणित गरिएको यस प्रक्रियामा कसैको लिलाम स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार भने भन्सार कार्यालयमै सुरक्षित रहने सूचनामा उल्लेख छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit