Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नेपाल आयल निगमको नाफा १३ अर्ब ६४ करोड रुपैयाँ, राजस्वमा योगदान सवा खर्ब बढी

नेपाल आयल निगमको नाफा १३ अर्ब ६४ करोड रुपैयाँ, राजस्वमा योगदान सवा खर्ब बढी
विज्ञापन
Advertisement

काठमाडौं। नेपाल आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । निगमको शनिबार सम्पन्न ५६औं वार्षिकोत्सवमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार निगमले १३ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार निगमको वित्तीय अवस्था सुदृढ बन्दै गएको छ । गत वर्ष निगमले कुल ३ खर्ब ६७ अर्ब रुपैयाँको व्यावसायिक कारोबार गरेको तथा राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व तिरेको छ। निर्देशक भट्टका अनुसार निगमले नाफा आर्जन गर्नुका पछाडी विसं २०७१ देखि लागू गरिएको स्वचालित मूल्य प्रणाली हो । स्वचालित मूल्य प्रणाली लागू भएकै कारण निगम आर्थिक रूपमा मजबुत बनेको र पूर्वाधार विकासमा भएको प्रगतिले पनि निगमलाई थप बलियो बनाएको उनले जानकारी दिए ।

यस्तै, निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणका लागि शेयर जारी गर्ने विषयमा अध्ययन भइरहेको बताइएको छ ।

निगममा हाल करिब ७ सय स्थायी र ३ सय ज्यालादारी कर्मचारी कार्यरत छन् । देशभर दैनिक ७५ लाख लिटर पेट्रोलियम पदार्थ र १ हजार ५ सय टन ग्यास वितरण हुँदै आएको भट्टले जानकारी दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit