Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पटकपटक म्याद थपिँदा पनि बनेन महेशपुर भन्सार सडक

पटकपटक म्याद थपिँदा पनि बनेन महेशपुर भन्सार सडक
विज्ञापन
Advertisement

पाल्हीनन्दन । भारतसँग जोडिएको बर्दघाट सुस्ता पश्चिम नवलपरासीको महेशपुर मूल भन्सार सडक समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ । पटकपटक म्याद थप हुँदासमेत सडक निर्माणले पूर्णता नपाउँदा पानी पर्दा हिलाम्मे र पानी नपर्दा धुलाम्मे हुने समस्या बढेको हो ।

विज्ञापन
Advertisement
Advertisement

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको सडक डिभिजन कार्यालय बुटवलले महेशपुरदेखि हरपुरसम्म एक किलोमिटर तथा सुनवल बजारको ५०० मिटर सडक निर्माणको जिम्मा गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई दिएको थियो ।

२०८० वैशाख २६ गते सम्झौता गरिएको उक्त सडक २०८१ वैशाख २६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म सडकको करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले जानकारी दिए ।

उनका अनुसार बिजुलीका खम्बा र खानेपानीका पाइप सार्न ढिलाइ भएकाले निर्माण कार्य प्रभावित भएको हो । “सडक निर्माण सम्पन्न गर्न जेठसम्म तेस्रो पटक अर्थात् अन्तिम म्याद थप गरिएको छ,” उनले भने ।

यता निर्माण कम्पनीले भने अलकत्राको मूल्य वृद्धि र अभावका कारण काम प्रभावित भएको जनाएको छ । गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीका दिलीप लामाले अलकत्रा अभावकै कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको बताए ।

सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासी र यात्रुहरू प्रत्यक्ष प्रभावित बनेका छन् । पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताका अनुसार सडक धुलैधुलो हुँदा घरको आँगनमा बस्नसमेत समस्या भएको छ भने यात्रुहरूले नाकमुख छोपेर आवतजावत गर्नुपर्ने अवस्था छ । भारतबाट आउने मालवाहक सवारीसाधनलाई समेत आवतजावतमा कठिनाइ भइरहेको उनले बताए।

‘समयमै सडक निर्माण हुन नसक्दा पानी नपर्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने अवस्था छ,’ वडाध्यक्ष गुप्ताले भने, ‘जनताले सास्ती पाएका छन् । निर्माण व्यवसायी इमान्दार नहुँदा राज्यको रकम खेर गएको छ भने सर्वसाधारणले दुःख पाएका छन् ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit