Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

सिद्धार्थ क्यापिटल अब ‘आइएसओ’ प्रमाणित कम्पनी

सिद्धार्थ क्यापिटल अब ‘आइएसओ’ प्रमाणित कम्पनी
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको पूँजी बजारमा मर्चेन्ट बैंकिङ तथा फन्ड व्यवस्थापनमा अग्रणी भूमिका खेल्दै आएको सिद्धार्थ क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली सम्बन्धी आइएसओ ९००१ :२०१५ प्रमाणपत्र प्राप्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अष्ट्रेलिया तथा न्युजिल्यान्डको जोइन्ट एक्रेडिटेशन सिस्टमबाट मान्यता प्राप्त मुम्बईस्थित इन्टरनेशनल सर्टिफिकेशन सर्भिसेस प्रा।लि। ले कम्पनीलाई उक्त प्रमाणपत्र प्रदान गरेको हो।

कम्पनीका अनुसार यो प्रमाणपत्र प्राप्त हुनुले संस्थाको सञ्चालन प्रक्रियामा उच्च गुणस्तर, कार्यदक्षता र ग्राहक सन्तुष्टिप्रतिको अटुट प्रतिबद्धतालाई आधिकारिक रूपमै पुष्टि गरेको छ। साथै, आन्तरिक प्रणाली सुदृढ गर्ने, सेवा प्रवाहमा एकरूपता कायम गर्ने तथा संस्थागत कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने लक्ष्यलाई समेत यसले प्रतिबिम्बित गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले आइएसओ प्रमाणपत्र प्राप्तिलाई कम्पनीको यात्रामा एउटा महत्वपूर्ण कोशेढुंगाको रूपमा व्याख्या गरेका छन्। उनले भने, ‘यसबाट हाम्रा ग्राहक तथा सरोकारवालाहरूलाई अझ भरपर्दो र उच्च गुणस्तरको वित्तीय सेवा प्रदान गर्ने हाम्रो संकल्प थप बलियो भएको छ।’

आइएसओ एक अन्तर्राष्ट्रिय मापदण्ड हो जुन संस्थाको कार्यप्रक्रियामा सुधार, जोखिम व्यवस्थापन र निरन्तर सेवा परिमार्जन गर्ने क्षमताका आधारमा प्रदान गरिन्छ। यो प्रमाणपत्र पाउनुको अर्थ सिद्धार्थ क्यापिटलले प्रदान गर्ने सेवाहरू विश्वव्यापी गुणस्तर मापदण्ड अनुसार रहेका छन् भन्ने बुझिन्छ।

सिद्धार्थ क्यापिटलले हाल नेपाली पूँजी बजारमा मर्चेन्ट बैंकिङ अन्र्तगतका समस्या व्यवस्थापन, अन्डरराइटिङ, सेयर रजिस्ट्रार, लगानी व्यवस्थापन तथा फन्ड व्यवस्थापनलगायतका कार्य गर्दै आएको छ ।

कम्पनीले आगामी दिनमा पनि स्वदेशी तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई आत्मसाथ गर्दै लगानीकर्ताहरूलाई मूल्यआधारित वित्तीय समाधानहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit