Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

शेयर बजारमा दोहोरो अंकको हरियाली, करिब ५ पाँच अर्बको कारोबार

शेयर बजारमा दोहोरो अंकको हरियाली, करिब ५ पाँच अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं । साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको हरियाली छाएको छ । अघिल्लो दिन आइतबार उच्च अंकले घटेको बजार यो दिन ४४.२५ अंकले बढेर २ हजार ५४७.६० विन्दुमा आइपुगेको छ । लगानीकर्ता प्यानिक भएपछि अर्थमन्त्रालयले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि कार्यदलले दिएको अध्ययन प्रतिवेदन कार्यान्वयनमा ल्याउने जनाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६ पटक खरिदबिक्री हुँदा चार अर्ब ९७ करोड ५४ लाख आठ हजार ५४५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । बैङ्किङ शून्य दशमलव २८, विकास बैङ्क एक दशमलव ४१, वित्त एक दशमलव ०२, होटल तथा पर्यटन तीन दशमलव ३५, जलविद्युत् दुई दशमलव १०, लगानी दुई दशमलव २७ र जीवन बीमा समूह एक दशमलव ९२ प्रतिशतले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ५६, लघुवित्त शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ३२, निर्जीवन बीमा एक दशमलव ४४, व्यापार दुई दशमलव ८१ र अन्य समूह पाँच दशमलव ०१ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य पाँच दशमलव २६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड ९१ लाख चार हजार ७३२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी सनराइज बैङ्क लिमिटेडको पाँच लाख २३ हजार २३३ कित्ता शेयर किनबेच भएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit