काठमाडौं । नेपालका लागि बीवाईडी विद्युतीय गाडीको आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा ईभीको भविष्य राम्रो भए पनि सरकारको नीतिगत अस्थिरता मुख्य बाधक रहेको बताएकी छन् ।
यस क्षेत्रमा आफ्नो १० वर्षे यात्रा पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत अनुभव साट्दै उनले हरेक सरकार परिवर्तनसँगै बदलिने करका दर र नीतिका कारण व्यवसायीहरूले सधैँ अनिश्चितता र उतारचढावको सामना गर्नु परिरहेको गुनासो गरेकी हुन् । ‘यस अवधिमा धेरै चुनौती, अनिश्चितता र नीतिगत उतारचढावहरू सामना गर्नुप¥यो, श्रेष्ठले भनेकी छन्, ‘ हामीले कहिल्यै पनि दीर्घकालीन र स्थिर ईभी नीतिको साथ काम गर्ने पूर्ण अवसर पाउन सकेनौं ।’
चुनौती र कठिनाइहरूका बाबजुद स्वच्छ ऊर्जा र दिगो यातायातका लागि आफ्नो टोली निरन्तर अघि बढिरहेको उल्लेख गर्दै श्रेष्ठले नेपालमा ईभी बजारको वास्तविक विकासका लागि राज्यको तर्फबाट स्पष्ट, स्थिर र दूरदर्शी नीतिको आवश्यकता रहेकोमा जोड दिएकी छन् ।

















प्रतिक्रिया दिनुहोस्