बाँके । बाँकेको कोहलपुरमा घरटहरा भत्काइएपछि विस्थापित भएका भूमिहीन दलित तथा अव्यवस्थित बस्तीका परिवारहरू पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।
प्रभावित परिवारहरूले संघर्ष समिति गठन गरी प्रदर्शन गरेका हुन्। उनीहरूले वैकल्पिक बसोबास, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
संघर्ष समितिका संयोजक वीरबहादुर परियारका अनुसार विस्थापित ७५१ परिवारमध्ये हाल ११५ परिवार मात्रै होल्डिङ सेन्टरमा बसिरहेका छन्भने अधिकांश भाडाका कोठामा आश्रित छन्। उनले होल्डिङ सेन्टरलाई ‘अघोषित कारागारजस्तै’ भएको भन्दै स्थायी व्यवस्थापन नभएसम्म आन्दोलन जारी रहने बताए।
कोहलपुर नगरपालिकाले गत वैशाख २६–२७ गते नगर विकास समितिको स्वामित्वमा रहेको ३६ बिघा क्षेत्रका १४८ घरटहरा हटाएको थियो। हाल तीनवटा होल्डिङ सेन्टरमा ११५ परिवारका ३१९ जना बसोबास गरिरहेका छन्। नेपाल न्यूज बैंक

















प्रतिक्रिया दिनुहोस्