Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एन आई सी एशिया बैंकद्वारा बिन्देश्वरी विद्यालयलाई शैक्षिक सामग्री सहयोग

एन आई सी एशिया बैंकद्वारा बिन्देश्वरी विद्यालयलाई शैक्षिक सामग्री सहयोग
विज्ञापन
Advertisement

चितवन । एन आई सी एशिया बैंकले चितवनको रत्ननगरस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई विभिन्न शैक्षिक सामग्री सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई थप सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ उक्त सहयोग उपलब्ध गराएको हो । एक विशेष कार्यक्रमका बीच बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद खनाललाई स्कुल ब्याग (झोला) तथा अन्य शैक्षिक सामग्री सोमबार हस्तान्तरण गरेको हो ।

सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको उक्त विद्यालयमा हाल १२६ जनाभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयले ८५ जनाभन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधासहित आवासीय सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १५ का अध्यक्ष आशिक तामाङ, विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यार्थीहरुको दैनिक पठनपाठनमा सहजता ल्याउनुका साथै विद्यालयको समग्र शैक्षिक वातावरणलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit