Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान गणनामा सहभागी भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

कार्यालयले वैशाख २ गतेदेखि सुरु गरेको राष्ट्रिय आर्थिक गणना अभियान असार ७ गतेसम्म सञ्चालन हुनेछ। कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले गणना अभियान उत्साहजनक रूपमा अघि बढिरहेको बताउँदै अझै गणनामा सहभागी हुन बाँकी रहेका प्रतिष्ठानलाई सहभागी हुन आग्रह गरेका छन्।

उनका अनुसार गणना कार्यका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयबाट तीन हजार ९०६ गणक खटिएका छन्। आवश्यक तथ्याङ्क उपलब्ध गराएर गणना सफल बनाउन सबै प्रतिष्ठान तथा व्यवसायीलाई सहयोग गर्न आग्रह गरिएको छ।

कार्यालयले ‘कोही पनि प्रतिष्ठान वा व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit