Advertisement
Advertisement
Corporate Samachar
३१ असार २०८३, बुधबार
Advertisement

पौवादुङमामा ३४० किसानलाई ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण

पौवादुङमामा ३४० किसानलाई ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण
विज्ञापन
Advertisement

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ । किसानको माग र आवश्यकता मूल्याङ्कनका आधारमा पहिलो चरणमा १७० हातेट्याक्टर वितरण गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बाँकी किसानलाई क्रमशः वितरण गरिने छ । गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हातेट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिएका छन्। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उनले बताए ।

‘किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भने, ‘यसले किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न प्रोत्साहन गर्छ भन्ने हाम्रो अपेक्षा हो ।’

गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। विगत वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ । किसानमा व्यावसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको छ । ‘हामीले किसानको वास्तविक मागका आधारमा कार्यक्रम ल्याएका छौँ’, अध्यक्ष राईले भने, ‘यान्त्रिकीकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ ।’

किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताए । उनले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिए। “सामग्री वितरणमात्रै होइन, त्यसको सही प्रयोग र दिगो प्रभाव सुनिश्चित गर्नु पनि हाम्रो दायित्व ह’, उनले भने ।

स्थानीय किसानले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन् । किसान प्रेमबहादुर कार्कीले हातेट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषिकार्यमा लाग्ने समय तथा श्रम घटाउने बताए। ‘कयौँ दिन लाग्ने काम अहिले केही घण्टामै सकिन्छ’, उनले भने, ‘यसले खेती गर्न उत्साह थपेको छ । उत्पादन बढाउने आशा पनि जगाएको छ ।’

गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । कृषि उद्यमशीलता विकास गर्दै युवालाई कृषिमा आकर्षित गर्ने योजनाअनुसार गाउँपालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit