Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

रास्वपा महाधिवेशनः बन्दसत्र दिउँसो २ बजेदेखि, वाग्लेले पार्टीको अर्थ र राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने

रास्वपा महाधिवेशनः बन्दसत्र दिउँसो २ बजेदेखि, वाग्लेले पार्टीको अर्थ र राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने
रास्वपा महाधिवेशनको चहलपहल नारायणगढ (चितवन), ९ असार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मङ्गलबार चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्र परिसरमा सहभागीहरूको चहलपहल । हिजोका लागि निर्धारित बन्दसत्र स्थगन भएपछि आज अपराह्नपछि बन्दसत्र सञ्चालन गर्ने तयारी गरिएको छ । यसका लागि प्रतिनिधि नामावली सार्वजनिक गरी अहिले परिचयपत्र (कार्ड) वितरणको तयारी भइरहेको छ । तस्बिर : सनद अधिकारी/रासस
विज्ञापन
Advertisement

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ः०० बजेदेखि सुरु हुने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ । रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ । केहीबेर अघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य सुरु भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको बताइएको छ। कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्ने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरिने कार्यतालिकामा उल्लेख छ ।

त्यसैगरी, पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधानमाथिको संशोधन प्रस्ताव, महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन र उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव अलगअलग रूपमा प्रस्तुत गर्ने कार्यतालिका छ। बन्दसत्रका क्रममा पार्टीका पदाधिकारीहरूबाट प्रस्तुत हने उल्लिखित प्रस्ताव पास भएपछि पार्टी सभापति रवि लामिछानेले पेस गर्नुहुने राजनीतिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुने रास्वपाले जनाएको छ ।

यसैबीच, पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणासहित आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने प्रस्ताव गर्ने जनाइएको छ । त्यसपछि आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit