Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

शिक्षा, स्वास्थ्य र रोजगारीको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

शिक्षा, स्वास्थ्य र रोजगारीको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन
विज्ञापन
Advertisement

काठमाडौं । दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सम्मानजनक रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र विभेदरहित व्यवहारको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भइरहेको भन्दै त्यसको विरोध गरेका हुन्। प्रदर्शनकारीहरूले सडकबाट हटाउनेभन्दा पहिला वैकल्पिक रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनमा सहभागी रोजिता ऐरले क्षमता र सीप हुँदाहुँदै पनि रोजगारीको अवसर नपाएकाले बाध्य भएर सडकमा जीविकोपार्जन गर्नुपरेको बताइन्। उनले शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्दै राज्यले उनीहरूको आवाज सुन्नुपर्ने माग गरिन्। ऐरले दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि सरकारी निकायबाट विभेदपूर्ण व्यवहार, अपशब्द प्रयोग तथा दुर्व्यवहार हुने गरेको आरोपसमेत लगाइन्।

प्रदर्शनकारीहरूले अपांगता भएका व्यक्तिहरूका लागि सम्मानजनक रोजगारी, सामाजिक सुरक्षा र मानवअधिकारको प्रत्याभूति गर्न तथा सडक पेटीमा जीविकोपार्जन गरिरहेका दृष्टिविहीनहरूमाथि हुने धरपकड तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit