Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, मतदान साँझ साढे ८ बजेबाट

रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, मतदान साँझ साढे ८ बजेबाट
विज्ञापन
Advertisement
RSP EC PreliminaryList
Download

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

विज्ञापन
Advertisement
Advertisement

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले बुधबार प्रारम्भिक नामावली सार्वजनिक गर्दै केन्द्रीय सदस्य पदका लागि कुल ३८४ जनाले उम्मेदवारी दिएको जनाएको छ।

पार्टीको संशोधित विधानअनुसार रास्वपामा १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। यसमध्ये ९९ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था रहेको छ। साथै, सातवटै प्रदेशका प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य रहनेछन्।

चितवनमा जारी रास्वपाको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। यद्यपि बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन सकेन। रास्वपाले निर्वाचनका लागि साँझ साढे आठ बजेदेखि मतदान सुरु हुने जनाएको छ।

यस्तो छ, निर्वाचन तालिका (सूचीसहित)

अब महाधिवेशनको मुख्य ध्यान केन्द्रीय सदस्यहरूको निर्वाचनतर्फ केन्द्रित भएको छ। निर्वाचन आयोगले प्रारम्भिक नामावलीमाथि आवश्यक प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ।

केन्द्रीय सदस्यको सूचीमा को–को ? 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit