Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

 फिफाले गर्‍यो एन्फालाई निलम्बन

 फिफाले गर्‍यो एन्फालाई निलम्बन
विज्ञापन
Advertisement

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ। फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएको र यसले फिफा विधानको धारा १४ को उपधारा १ तथा उपधारा ३ को उल्लंघन गरेको निष्कर्ष निकालिएको छ । फिफाले एन्फाको गतिविधिमा बाह्य हस्तक्षेप भएको भन्दै उक्त हस्तक्षेपलाई फुटबल संघको स्वतन्त्रता र स्वायत्तताविरुद्धको कदमका रूपमा व्याख्या गरेको छ। फिफा विधानअनुसार सदस्य संघहरूले आफ्ना कामकारबाही स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ।

निलम्बनसँगै एन्फा र यसअन्तर्गतका राष्ट्रिय टोली तथा क्लबहरू फिफा र एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन नपाउने सम्भावना रहेको छ। साथै, फिफाबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

फिफाले निलम्बन हटाउनका लागि आवश्यक सुधार तथा मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ । एन्फाले फिफाको मागअनुसार संघको स्वतन्त्रता सुनिश्चित गर्दै तेस्रो पक्षको हस्तक्षेप अन्त्य गरेपछि मात्र निलम्बन पुनरावलोकन हुन सक्ने बताइएको छ। फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र विकास कार्यक्रमहरूमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit