Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सुरक्षा निकायलाई जानकारी नै नदिई बारा–पर्सा सीमामा गृहमन्त्री गुरुङको छड्के अनुगमन

सुरक्षा निकायलाई जानकारी नै नदिई बारा–पर्सा सीमामा गृहमन्त्री गुरुङको छड्के अनुगमन
विज्ञापन
Advertisement

रौतहट । गृहमन्त्री सुदन गुरुङले बारा र पर्साका सीमावर्ती नाकाहरूमा सुरक्षा निकायलाई पूर्वजानकारी नदिई छड्के अनुगमन गरेका छन्। उनले सामान्य पोसाकमा सीमा क्षेत्रमा पुगेर स्थानीयसँग तस्करी र सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सकेर शनिबार बिहान वीरगन्ज पुगेका गृहमन्त्री गुरुङले आफ्नो सुरक्षा टोली र औपचारिक संयन्त्रलाई बाहिरै राखेर जानकी टोला, मटिअर्वा र अलौँलगायतका नाकाको स्थलगत निरीक्षण गरेका थिए।

मास्क, टोपी र हाफ टिसर्ट लगाएर पुगेका गृहमन्त्रीले सीमा क्षेत्रमा स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकसँग छलफल गर्दै सीमापार हुने तस्करी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए।

शनिबार गरिएको उक्त अनुगमनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। भिडियोमा स्थानीयवासीले सशस्त्र प्रहरीका केही अधिकारीको मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका छन्। यद्यपि, उक्त संवाद कुन नाकामा भएको हो भन्ने कुरा भिडियोमा खुलाइएको छैन।

गृहमन्त्रीको यस आकस्मिक भ्रमणबारे उनको सचिवालयले औपचारिक जानकारी सार्वजनिक गरेको थिएन। साथै, बारा र पर्साका प्रहरी तथा स्थानीय प्रशासन पनि मन्त्रीको भ्रमणबारे पूर्वजानकारीविहीन रहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार गृहमन्त्री गुरुङ चितवनको माडी हुँदै ठोरी प्रवेश गरेर पर्सा र बाराका विभिन्न नाकाको अवस्था बुझिसकेपछि शनिबार नै काठमाडौं फर्किएका छन्।नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit