Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

खरानीबाट उठ्यो भाटभटेनी: टंगाल स्टोर पुनर्निर्माणपछि फेरि खुल्यो, १० स्टोर पुनः सञ्चालनमा

खरानीबाट उठ्यो भाटभटेनी: टंगाल स्टोर पुनर्निर्माणपछि फेरि खुल्यो, १० स्टोर पुनः सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपरमार्केटको टंगालस्थित स्टोर पुनर्निर्माणपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।

विज्ञापन
Advertisement
Advertisement

पुनर्निर्माण सम्पन्न भएसँगै टंगाल स्टोर बिहान १० बजेदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। स्टोर पुनः सञ्चालनको अवसरमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ स्वयं उपस्थित भएका थिए।

आन्दोलनका क्रममा आगजनीबाट भाटभटेनीका १२ वटा स्टोरमा क्षति पुगेको थियो। तीमध्ये टंगालसहित १० वटा स्टोर पुनर्निर्माण गरी सञ्चालनमा आइसकेका छन्। बाँकी दमक र हेटौंडास्थित स्टोरको पुनर्निर्माण पनि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्षतिग्रस्त स्टोरहरूलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यसहित पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाइएको थियो। यसअघि कोटेश्वरस्थित स्टोर पाँच महिनामै पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएको थियो। अध्यक्ष गुरुङले कठिन परिस्थितिका बाबजुद ‘खरानीबाट फेरि उठ्ने’ अठोटका साथ कम्पनी अघि बढेको बताएका छन्। उनले संकटको समयमा पनि भाटभटेनीमा कार्यरत १० हजारभन्दा बढी कर्मचारीलाई रोजगारीबाट अलग नगरिएको र गत वर्षको दसैं बोनससमेत कटौती नगरिएको उल्लेख गरे।

पुनर्निर्माणमा चौबीसै घण्टा खटिएका कर्मचारी, ग्राहक तथा शुभेच्छुकहरूप्रति गुरुङले आभार व्यक्त गरेका छन्। आगामी दिनमा अझ आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार दमक र हेटौंडाका स्टोर पनि पुनर्निर्माणको काम पूरा भएपछि छिट्टै सञ्चालनमा ल्याइनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit