Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

लगानी बोर्डको सीईओ याङ्कीदेखि उद्योग सचिवसम्म, यी हुन् प्रधानमन्त्रीसँग भ्रमणमा सहभागी ३५ जना (नामावलीसहित)

लगानी बोर्डको सीईओ याङ्कीदेखि उद्योग सचिवसम्म, यी हुन् प्रधानमन्त्रीसँग भ्रमणमा सहभागी ३५ जना (नामावलीसहित)
विज्ञापन
Advertisement

काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबदेखि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसम्मका उच्च सरकारी अधिकारी सहभागी ३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह आइतबार भारत प्रस्तान गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो औपचारिक विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणलाई नेपाल–भारतबीच आर्थिक साझेदारी, लगानी विस्तार र ऊर्जा सहकार्यलाई नयाँ गति दिने अवसरका रूपमा हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार र सोमबार भारतको राजकीय भ्रमणमा गएका हुन् । उनी आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन् भने सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

भ्रमणको मुख्य प्राथमिकतामा आर्थिक तथा ऊर्जा सहकार्य रहने देखिएको छ। नेपाल र भारतबीच विद्युत् व्यापार, ऊर्जा पूर्वाधार, व्यापार, पारवहन, लगानी र भौतिक पूर्वाधार विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। दुई देशका प्रधानमन्त्रीले ऊर्जा सहकार्य तथा कनेक्टिभिटीसँग सम्बन्धित सम्पन्न केही परियोजनाको उद्घाटन गर्नुका साथै नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत छ।

त्यस्तै, नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतका उद्योगी तथा व्यवसायीसँग व्यावसायिक छलफल र नेपाल–भारत बिजनेस फोरम आयोजना हुनेछ । प्रधानमन्त्री शाहले भारतीय व्यवसायीलाई सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना, सरकारको नीतिगत प्राथमिकता र लगानीमैत्री वातावरणबारे जानकारी गराउनेछन्। स्टार्टअप, प्रविधि, नवप्रवर्तन र व्यापार विस्तारका विषय पनि छलफलमा समेटिने अपेक्षा छ ।

याङ्की उक्याब देखि प्रधानमन्त्रीका निजी सचिव परियारसम्म भ्रमण टोलीमा

भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन् । त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राय, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे र प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार टोलीमा छन् ।

अन्य सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गहेन्द्रराज भण्डारी, लोकबहादुर पौडेल क्षेत्री र अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव सुभाष ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल, प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल पनि टोलीमा सहभागी छन् ।

त्यसैगरी परराष्ट्र मन्त्रालयका उपसचिव ललिता उक्याब र विजय राज तण्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, शिष्टाचार अधिकृत दीपकराज निरौला, शाखा अधिकृत मनोज गैरे, प्रधानमन्त्रीका निजी उपसचिव (सञ्चार) विनय शाक्य, प्रमुख सैनिक सहायक लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द बिष्ट, मेजर सुशील बानियाँ, डीएसपी दिपेश बस्याल, उपप्रमुख शिष्टाचार महापाल प्रेमराज गौतम र मेजर रोशन केसी पनि भ्रमण टोलीमा छन् । सञ्चार क्षेत्रबाट गोरखापत्रकी संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता कमल कुमार बस्नेत र नेपाल टेलिभिजनका भिडियोग्राफर अशोक कुमार बस्नेत सहभागी छन् । टोलीमा मुकेश डंगोल पनि छन् । यसअघि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी प्रतिनिधिहरु ३४ जना जाने बताए पनि आइतबार ३५ जनाको टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री भ्रमणमा निस्किएका छन् । सरकारी बाहेक निजी क्षेत्रबाट ५२ जना उद्योगी/व्यवसायीहरु पनि भारत जाँदैछन् । कतिपय पुगिसकेका छन्, भने कतिपय जाने क्रममा रहेको बताइएको छ।

प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit