Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

औद्योगिक विकासदेखि बजार अनुगमनसम्मका उपलब्धि समेटेर उद्योगमन्त्री यादवले प्रधानमन्त्रीलाई बुझाइन कार्यप्रगति

औद्योगिक विकासदेखि बजार अनुगमनसम्मका उपलब्धि समेटेर उद्योगमन्त्री यादवले प्रधानमन्त्रीलाई बुझाइन कार्यप्रगति
विज्ञापन
Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान सरकार गठनपछिको पहिलो १०० दिनमा सम्पन्न भएका प्रमुख कार्यहरूको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले बुधबार प्रधानमन्त्री कार्यालयमा मन्त्रालयको कार्यप्रगति विवरण बुझाउँदै औद्योगिक विकास, आपूर्ति व्यवस्थापनको सहजता, वैदेशिक व्यापार प्रवर्द्धन तथा उपभोक्ता हित संरक्षणका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत तथा व्यावहारिक सुधारका काम अघि बढाइएको जानकारी दिइन् ।

मन्त्री यादवले सरकारले निर्धारण गरेका प्राथमिकतालाई कार्यान्वयन गर्दै मन्त्रालयले १०० दिनभित्र परिणाममुखी उपलब्धि हासिल गरेको उनको सचिवालयले जनाएको छ। मन्त्रालयका अनुसार देशको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने र नागरिकलाई सुशासनको अनुभूति गराउने उद्देश्यका साथ मन्त्रालयले आफ्ना कार्यक्रम केन्द्रित गरेको छ।

प्रधानमन्त्री कार्यालयमा पेस गरिएको प्रगति विवरणमा विभिन्न ऐन तथा नियमावलीको परिमार्जन, रुग्ण उद्योगहरूको पुनरुत्थानका लागि कार्ययोजना तयार पार्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका उपाय कार्यान्वयन गर्ने तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने विषय समेटिएका छन्।

मन्त्रालयले सरकारको १०० दिने कार्यकालमा हासिल भएका उपलब्धिलाई आगामी कार्यसम्पादनको आधार बनाउँदै औद्योगिक विकास, व्यापार प्रवर्द्धन र उपभोक्ता संरक्षणका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit