Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

यात्रु अभावले कालीकोटको सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेन : मन्त्री पौडेल

यात्रु अभावले कालीकोटको सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेन : मन्त्री पौडेल
सङ्घीय संसद भवन सिंहदरबारमा आज बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिनुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) । तस्बिर: किरणराज बिष्ट / रासस
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले पर्याप्त यात्रु नहुँदा कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नसकिएको बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्या पर्याप्त नहुँदा नियमित उडान सञ्चालन हुन नसकेको स्पष्ट पारे।

उनका अनुसार सुनथराली विमानस्थल २०८० फागुन १४ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो भने २०७३ माघ २९ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो ।

मन्त्री पौडेलले विमानस्थल सञ्चालनका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर तथा कालीकोटका प्रतिनिधिबीच छलफल भएको जानकारी दिए। छलफलमा तारा एयरले सातामा दुई दिन नियमित उडान गर्न सहमति जनाएको भए पनि यात्रुको सुनिश्चितता नहुँदा सेवा सञ्चालन हुन नसकेको उनले बताए। उनले नियमित यात्रु सुनिश्चित हुनासाथ उडान सुरु गरिने बताएका छन्।

मन्त्री पौडेलका अनुसार हाल नेपालमा ५५ वटा विमानस्थल रहेकामा ३४ वटा मात्र सञ्चालनमा छन्। अधिकांश पहाडी विमानस्थलमा बसाइँसराइ, सडक सञ्जाल विस्तार र सस्तो सडक यातायातका कारण हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि नियमित उडान सञ्चालन गर्न कठिन भएको उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit