Advertisement
Advertisement
Corporate Samachar
२१ असार २०८३, आईतवार
Advertisement

आयरल्यान्ड र दुबई पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने दुईजना पक्राउ

आयरल्यान्ड र दुबई पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने दुईजना पक्राउ
xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605
विज्ञापन
Advertisement

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पन्तले एक युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेका थिए। यस्तै, खत्रीले दुबई पठाइदिने बहानामा छ जनाबाट २३ लाख रुपैयाँ असुलेको आरोप छ। दुवै अभियुक्तलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

यसैबीच, देशका विभिन्न जिल्लामा सञ्चालन गरिएको प्रहरी कारबाहीका क्रममा काठमाडौं, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जना पक्राउ परेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit