Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बिमा बोर्डबाट भुक्तानी नपाएपछि स्वास्थ्य बिमा सेवा बन्द गर्दै टिचिङ अस्पताल

बिमा बोर्डबाट भुक्तानी नपाएपछि स्वास्थ्य बिमा सेवा बन्द गर्दै टिचिङ अस्पताल
विज्ञापन
Advertisement

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ। शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि अस्पतालमा स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने जानकारी दिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालले बिमा बोर्डबाट लामो समयदेखि दाबी भुक्तानी नपाएपछि यो निणर्य गरेको हो । अस्पतालका अनुसार बिमा बोर्डबाट करिब ४० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ। स्वास्थ्य बिमामा मासिक ५ करोडभन्दा बढी खर्च हुने जनाउँदै अस्पतालले दाबी रकमको करिब ५० प्रतिशत मात्र स्वीकृत हुने र उपचार दररेटमा ठूलो अन्तर रहेकाले आर्थिक अवस्था संकटमा परेको उल्लेख गरेको छ । विगत दुई वर्षदेखि आन्तरिक स्रोतबाट खर्च धान्दै आए पनि अब थप घाटा सहन नसक्ने अस्पतालको भनाइ छ ।

‘अस्पतामा आउने बिरामीहरुको उपचारको क्रममा बिमा बोर्ड र अस्पतालको दररेटबीच ठूलो अन्तर रहेको र अस्पतालले आफ्नो दररेटलाई अन्तिम मानिदिनु भनि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ भएको छैन् । साथै अस्पतालले विगत दुई वर्षदेखि आफ्नै आन्तरिक स्रोतबाट दैनिक खर्च धान्दै आएको र अब मासिक दुई करोड थप घाटा व्यहोरेर बिमा कार्यक्रम सञ्चालन गर्न असमर्थ छौं’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भुक्तानी अभावका कारण औषधि तथा स्वास्थ्य सामग्री आपूर्तिकर्तालाई समेत पाँच महिनादेखि रकम दिन नसकिएको अस्पतालले जनाएको छ। स्वास्थ्य बिमा बोर्डका अनुसार देशभरका सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ। यसअघि सरोकारवालाको छलफलका क्रममा मुख्य अस्पतालहरुले नै बोर्डले भुक्तानी सहज नगरे बिमा कार्यक्रम सञ्चालन गर्न नसकिने बताइसकेका छन् ।

टिचिङले गरेको उक्त निणर्यसँगै बीमित नागरिक सेवाबाट वञ्चित हुने र स्वास्थ्य बिमा कार्यक्रम नै संकटमा पर्ने जोखिम बढेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit