काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन आचार्य नियुक्त भएका छन्।
बैंकको सञ्चालक समितिको असार २४ गते बसेको बैठकले आचार्यलाई आगामी चार वर्षका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
बैंकका अनुसार आचार्यको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुनेछ।हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी सम्हालिरहेका आचार्यले सोही मितिदेखि बैंकको कार्यकारी नेतृत्व सम्हाल्नेछन्।
नवनियुक्त सीईओ आचार्यले आफ्नो चारवर्षे कार्यकालमा बैंकको रणनीतिक नेतृत्व, व्यवस्थापन तथा व्यावसायिक विस्तारलाई अगाडि बढाउने जिम्मेवारी वहन गर्ने बैंकले जनाएको छ।
यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले दुई कार्यकालसम्म नेतृत्व सम्हाल्दै आएका थिए। उनको दोस्रो कार्यकाल आगामी साउन महिनामा समाप्त हुँदैछ।














प्रतिक्रिया दिनुहोस्