Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

संस्थापक सेयर खरिद–बिक्रीमा नयाँ व्यवस्था, २ प्रतिशतसम्मका सेयरमा बैंकको स्वीकृति नचाहिने

संस्थापक सेयर खरिद–बिक्रीमा नयाँ व्यवस्था, २ प्रतिशतसम्मका सेयरमा बैंकको स्वीकृति नचाहिने
विज्ञापन
Advertisement

 काठमाडाैं । इजाजतपत्रप्राप्त वित्तीय संस्थाका संस्थापक सेयर खरिद–बिक्रीसम्बन्धी व्यवस्थामा स्पष्टता गरिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधनले यस्तो व्यवस्था गरेको हो। संस्थापक सेयरधनीले आफ्नो सेयर विद्यमान संस्थापक वा अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्नुपर्दा सम्बन्धित बैंकको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था यथावत् राखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

तर संस्थापक सेयरधनीले इजाजतपत्रप्राप्त संस्थाको चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयर धारण गरेको अवस्थामा भने यस्तो सेयर खरिद–बिक्रीका लागि बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिएको छ। यसले साना सेयरधनीलाई सेयर कारोबारमा केही सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्था अनुसार, २ प्रतिशत वा सोभन्दा कम सेयर खरिद गर्ने नयाँ संस्थापक सेयरधनीले भने बैंकले तोकेको मापदण्ड र सम्बन्धी प्रावधानको पूर्ण पालना गर्नुपर्नेछ।

यद्यपि, २ प्रतिशतभन्दा बढी सेयर धारण गरेका संस्थापक सेयरधनीले आफ्नो सेयर खण्डीकृत गरी २ प्रतिशत वा सोभन्दा कम बनाउँदै बैंकको स्वीकृति नलिई सेयर खरिद–बिक्री गर्न पाउने छैनन्। यस्तो अभ्यासलाई रोक्न स्पष्ट प्रतिबन्ध लगाइएको छ।

केन्द्र बैंक अनुसार यो व्यवस्थाले एकातिर सेयर कारोबारलाई पारदर्शी बनाउने र अर्कोतिर संस्थापक सेयरमार्फत हुने स्वामित्व परिवर्तनलाई नियमनमा राख्न सहयोग पुग्ने छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit