काठमाडौं । सांग्रिला मोटर्स प्रा.लि. ले चिनियाँ बजारमा लोकप्रिय बनेको लिपमोटर B10 इलेक्ट्रिक एसयूभीको नयाँ भेरियन्ट नेपाल भित्र्याउने तयारी गरेको छ। कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो मा लिपमोटर B10 का दुई भेरियन्ट सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
दैनिक प्रयोग र आधुनिक विद्युतीय प्रविधिको उत्कृष्ट संयोजनका रूपमा विकास गरिएको लिपमोटर द्यज्ञण् नेक्स्ट जेनेरेसन आर्किटेक्चरमा आधारित रहेको छ। यो इलेक्ट्रिक एसयूभीमा १०० किलोवाट क्षमताको पिक मोटर जडान गरिएको छ, जसले फ्रन्ट–ह्विल–ड्राइभ प्रणालीमार्फत २०० एनएम टर्क उत्पादन गर्छ। गाडीमा १८ इन्चको एलोय ह्विल, १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, लेभल–२ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) र ५१० लिटर क्षमताको फराकिलो बुट स्पेस जस्ता आधुनिक सुविधा उपलब्ध छन्।
नेपालका लागि लिपमोटरको आधिकारिक तथा एकमात्र आयातकर्ता सांग्रिला मोटर्सले B03 को पहिलो युनिट चीनबाट आधिकारिक रूपमा प्रस्थान गरिसकेको र नेपाल आउने क्रममा रहेको जानकारी दिएको छ। कम्पनीका अनुसार यो मोडल नेपालमा दुई भेरियन्टमा उपलब्ध हुने सम्भावना छ, जसमा ब्याट्री क्षमता र सुविधामा केही फरक रहनेछ।
लिपमोटर B10 को चिनियाँ संस्करणले बजारमा सकारात्मक प्रतिक्रिया पाउँदै आएको छ। कम्पनीका अनुसार सन् २०२६ को जुन महिनामा मात्र लिपमोटरको बिक्री संख्या ९३ हजार ३७६ युनिट पुगेको छ। यसले नेपालको किफायती इलेक्ट्रिक एसयूभी बजारमा बलियो प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।लिपमोटर स्टेलान्टिस समूहको समर्थन प्राप्त विश्वव्यापी विद्युतीय सवारी ब्रान्ड हो। स्टेलान्टिस अन्तर्गत मसेराती, जिप, प्युजो लगायत १४ वटा अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरू रहेका छन्।
चीनको अग्रणी ईभी स्टार्टअपमध्ये एक लिपमोटरले हालसम्म विश्वभर १५ लाखभन्दा बढी सवारी बिक्री गरिसकेको छ। कम्पनीको विश्वका ४० भन्दा बढी देशमा फैलिएको १ हजार ७०० भन्दा बढी बिक्री तथा सर्भिस नेटवर्क रहेको जनाइएको छ।















प्रतिक्रिया दिनुहोस्