Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको लाइसेन्स नविकरण र सवारी नामसारी रोक्का

जरिवाना नतिर्ने २ लाख ६१ हजार चालकको लाइसेन्स नविकरण र सवारी नामसारी रोक्का
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापतको जरिवाना रकम नतिर्ने २ लाख ६१ हजारभन्दा बढी सवारीचालकको यातायातसम्बन्धी सेवा रोक्का गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो समयदेखि जरिवाना रकम राज्यकोषमा दाखिला नगरेका चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान हुने विभिन्न सेवाबाट वञ्चित गरिएको हो ।

जरिवाना नतिर्ने चालकले नयाँ सवारीसाधन खरिद, सवारीसाधन नामसारी (खरिद–बिक्री), सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण तथा यातायात कार्यालयबाट उपलब्ध हुने अन्य सेवासमेत लिन पाउने छैनन् ।

ट्राफिक प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा यातायात व्यवस्था कार्यालयले सेवा रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो। ट्राफिक प्रहरी कार्यालयका अनुसार जरिवानाबापतको रकम पूर्णरूपमा भुक्तानी गरेपछि मात्र रोक्का गरिएका सेवाहरू पुनः उपलब्ध गराइनेछ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जरिवाना रकम नतिरेसम्म यातायात कार्यालयबाट उपलब्ध हुने सेवा रोक्का रहने जानकारी दिए ।

यातायात कार्यालयले अब कुनै पनि नयाँ सेवा प्रदान गर्नुअघि सम्बन्धित चालकले ट्राफिक जरिवानाबापतको रकम राज्यकोषमा बुझाएको प्रमाण अनिवार्य रूपमा पुष्टि गर्नुपर्ने व्यवस्था गरेको छ। जरिवाना बाँकी रहेका चालकलाई मोबाइल सन्देश (एसएमएस) मार्फत जानकारी गराउने कामसमेत सुरु गरिएको उनले जानकारी दिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको पूर्णपालना गर्न चालकलाई अनुरोध गरेको छ। ट्राफिक प्रहरीले यो कदम जरिवाना असुलीलाई प्रभावकारी बनाउनुका साथै ट्राफिक नियम पालनाको संस्कार विकास र सडक अनुशासन कायम गर्न सहयोग पुग्ने प्रवक्ता सुवेदीले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit