काठमाडाैं । मौद्रिक नीतिले पनि शेयर बजारका लगानीकर्तालाई निराश बनाएको छ । मंगलबार २४.५७ अंकले बढेको बजार यसको भोलिपल्ट आएको मौद्रिक नीतिले बजारलाई झनै प्यानिक बनाएको छ । यो दिन नेप्से परिसूचक ३०.०९ अंकले घटेर दुई हजार ६२१.५९ विन्दुमा आइपुगेको हो ।
कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये म्यूचुअल फण्ड उपसमूहको सूचक मात्र सामान्यले बढेको छ । अन्य सबै समूहको सूचकमा गिरावट आएको छ। वाणिज्य समूहको सूचक, विकस बैंक समूह, फाइनान्स समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३६२ कम्पनीको ८४ लाख ४६ हजार कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा कुमारी बैंकको ऋणपत्र, एनसीसी ऋणपत्र, सानिमा ऋणपत्र, आँखुखोला जलविद्युत कम्पनी,१० प्रतिशत सिटीजन बैंक ऋणपत्र करोड ३५ लाख रुपैयाँको कारोबार भएको थियो ।
एनएमबी ऋणपत्र, प्रभु बैंक ऋणपत्र,स्नो रिभर, कुमारी सबल योजनाको शेयर मूल्य ३.७९ प्रतिशतसम्मले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक,उपकार लघुवित्त वित्तीय संस्था,सानिगढ हाइड्रो पावरको शेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ ।














प्रतिक्रिया दिनुहोस्