Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सुन ९०० र चाँदीमा ५५ रुपैयाँको गिरावट, चौथो दिन पनि घट्यो मूल्य

सुन ९०० र चाँदीमा ५५ रुपैयाँको गिरावट, चौथो दिन पनि घट्यो मूल्य
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा लगातार चौथो कारोबार दिन समेत सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँ तोकिएको छ ।

यसअघि मंगलबार सुन तोलाको दुई लाख ८८ हजार रुपैयाँ, सोमबार दुई लाख ८९ हजार ४०० रुपैयाँ र आइतबार दुई लाख ९० हजार ३०० रुपैयाँमामा खरिदबिक्री भएको थियो । गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। गत आइतबारको तुलनामा सोमबार ९०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार १४ सय रुपैयाँले सस्तिएको थियो भने आज पुनः ९०० रुपैयाँले मूल्य घटेको हो ।

यसैगरी, आज चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार बुधबार एक तोला चाँदीको मूल्य चार हजा ५०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी तोलाको ५५ रुपैयाँले घटेको छ । यसअघि, मंगलबार चार हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको भाउ सोमबार चार हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit