काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। लगातार चार कारोबार दिन घटेको सुनचाँदीको भाउ यो साताको अन्तिम कारोबार दिन आज बढोत्तरी देखिएको छ।
बिहीबार तोलामा १४ सय रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन (बिहीबार) एक तोला सुन दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। एक सातामा सुन प्रतितोला ३३ सय रुपैयाँले सस्तिएको छ ।
यसैगरी, बुधबार एक तोला सुन दुई लाख ८७ हजार १०० ,मंगलबार दुई लाख ८८ हजार रुपैयाँ, सोमबार दुई लाख ८९ हजार ४०० रुपैयाँ र आइतबार दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो। गत शुक्रबार सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ।
महासंघका अनुसार अघिल्लो दिन तोलामा चार हजार तीन सय ४० रूपैयाँ कायम भएको चाँदी आज चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय ७० रूपैयाँ बढी हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्