Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगका समस्या र सुधारका विषयमा उद्योगीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगका समस्या र सुधारका विषयमा उद्योगीसँग छलफल गर्दै
विज्ञापन
Advertisement

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग आज बिहान साढे ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका चुनौती, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सिर्जना तथा समग्र उद्योग क्षेत्रको विकासका विषयमा विस्तृत छलफल हुनेछ। छलफलका क्रममा उद्योगीहरूले व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यवहारिक समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउने तथा उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, निर्यात विस्तार र लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जनाइएको छ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न सरोकारवाला निकायसँगको संवादलाई प्राथमिकताका साथ निरन्तरता दिँदै आएका छन्। सोमबार मात्र उनले पुँजी बजारका नियामक, लगानीकर्ता र सरोकारवालासँग छलफल गरेका थिए। छलफलको आधारमा शाहले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार, समस्या समाधान तथा कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit