Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

हस्तकला निर्यातमा बिजक मूल्यांकन र ५ प्रतिशत प्रोत्साहन पुनः दिने प्रधानमन्त्रीको आश्वासन

हस्तकला निर्यातमा बिजक मूल्यांकन र ५ प्रतिशत प्रोत्साहन पुनः दिने प्रधानमन्त्रीको आश्वासन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला क्षेत्रको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफलमा महासंघका प्रतिनिधिहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको महसुस भएको भन्दै सहकार्यका लागि आफूहरू तयार रहेको बताएका हुन्।

बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला नीति निर्माण, कला संरक्षण, रोजगारी सिर्जना र पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताएको उसनको निजी सचिवालयले जनाएको छ। उनले निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने महासंघको मागप्रति सकारात्मक धारणा राखे।

सो अवसरमा महासंघले मंसिर २८ मा मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गरेको थियो। प्रधानमन्त्रीले यस विषयमा गृह मन्त्रालयसँग समन्वय गर्न निर्देशन दिएका छन्। हस्तकला सामग्री निर्यातमा बिजक मूल्यांकन लागू गर्ने, निर्यात प्रोत्साहनबापत पाउनुपर्ने ५ प्रतिशत रकम पुनः निरन्तरता दिने तथा उद्योग विभागमा रहेको सार्क हस्तकला विकास केन्द्रको भवन हस्तकला क्षेत्रकै प्रयोजनमा प्रयोग गर्ने विषयमा पनि प्रधानमन्त्रीले सकारात्मक आश्वासन दिएका छन्।

उपत्यकामा हस्तकला ग्राम स्थापना, सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन र निर्माण व्यवसायीसँग सहकार्य गरी कलात्मक संरचना निर्माण गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ। महासंघले परम्परागत सीप संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनेलगायतका माग पनि प्रधानमन्त्रीसमक्ष राखेको थियो।

छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए। ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit