Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

नेको इन्सुरेन्सका १२ लाख संस्थापक शेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनभित्र आवेदन दिन आग्रह

नेको इन्सुरेन्सका १२ लाख संस्थापक शेयर बिक्रीमा, संस्थापकलाई ३५ दिनभित्र आवेदन दिन आग्रह
विज्ञापन
Advertisement

काठमाडौं। नेको  इन्स्याेरेन्सले १२ लाख कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। कम्पनीले सोमबार प्रकाशित सूचनामार्फत संस्थापक शेयरधनीलाई प्राथमिकताका आधारमा शेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार एक संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न इच्छा व्यक्त गरेपछि सञ्चालक समितिको २०८३ असार ३१ गते बसेको बैठकले बिक्री प्रक्रिया अगाडि बढाउन स्वीकृति दिएको हो।

नेपाल बीमा प्राधिकरणद्वारा जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने व्यवस्था रहेकाले कम्पनीले सम्पूर्ण संस्थापक शेयरधनीलाई सूचना प्रकाशित गरेको जनाएको छ।

कम्पनीले इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् २०८३ भदौ ८ गतेसम्म आफूले खरिद गर्न चाहेको कित्ता संख्या र प्रतिकित्ता प्रस्तावित मूल्य उल्लेख गरी कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ।

कम्पनीका अनुसार तोकिएको अवधिभित्र कुनै निवेदन प्राप्त नभएमा वा बिक्रीमा रहेको कुल शेयरभन्दा कम परिमाणका लागि मात्र आवेदन परेमा, प्रचलित कानुन तथा निर्देशिकाबमोजिम बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

संस्थापक शेयर खरिद गर्न चाहने व्यक्तिले नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ बमोजिम योग्य हुनुपर्ने कम्पनीले जनाएको छ। यससम्बन्धी थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न आग्रह गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit