Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

काठमाडौंका यी क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौंका यी क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति प्रभावित हुने
विज्ञापन
Advertisement

काठमाडौं । स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक समस्या देखिएपछि मर्मत कार्यका लागि आज अपराह्न करिब एक घण्टा काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल विद्युत प्राधिकरणका अनुसार आज अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म सटडाउन गरी मर्मत कार्य गरिने भएकाले स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा सेवा अवरुद्ध हुन सक्नेछ।

प्राधिकरणले मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा तत्काल पुनः सञ्चालन गरिने जनाएको छ।

विद्युत आपूर्ति अवरुद्धबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले आवश्यक तयारी गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit