Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

चिसापानी गढी हाइस दुर्घटना अपडेट : थप तीन शव भेटिए, मृतकको संख्या १४ पुग्यो

चिसापानी गढी हाइस दुर्घटना अपडेट : थप तीन शव भेटिए, मृतकको संख्या १४ पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

दुर्घटनामा चालकसहित २० जना सवार रहेकामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बिहीबार बिहान करिब सवा ६ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा सुरुमा ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो । उद्धारका क्रममा दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको हो। थप फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी छ ।

मृत्यु हुनेमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका छन् । मृतकमा बालबालिकासमेत रहेका छन् । गाडीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ का ३० वर्षीय रविशंकर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ । यसैगरी, बिकेश यादव, पुनम यादव, दिक्षा यादव, वर्षीया दिपिका यादव, वर्षीया अनुकुमारी यादव, अन्दाजी गुड्डु यादव, गायत्री देवी, रामदुलार यादव, सुबोध यादव र रोहेका छन् ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकी तीन जनालाई थप उपचारका लागि चितवन र काठमाडौंका अस्पतालमा रिफर गरिएको छ । रिफर गरिएकामध्ये तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit