Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध, अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक

मुग्लिन–नारायणगढ सडक अझै अवरुद्ध, अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक
विज्ञापन
Advertisement

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड मंगलबार बिहान पनि अवरुद्ध बनेको छ। सडक डिभिजन भरतपुरका अनुसार सडकखण्डको जलवीरे नजिकै पहिरो झरेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको हो।

विज्ञापन
Advertisement
Advertisement

सोमबार साँझदेखि विभिन्न स्थानमा पहिरो र माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको थियो। डिभिजनले राति अबेरसम्म पहिरो पन्छाएर सडकखण्डमा अलपत्र परेका यात्रु तथा सवारीसाधनलाई गन्तव्यतर्फ पठाएको जनाएको छ।

तर, निरन्तर वर्षा जारी रहनुका साथै थप पहिरो खस्ने उच्च जोखिम रहेकाले जिल्ला विपद् व्यवस्थापन समितिको आपतकालीन बैठकको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म मुग्लिन–नारायणगढ सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

हाल जलवीरे क्षेत्रमा पहिरो हटाउन आवश्यक मेसिन परिचालन गरिएको र सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजनले जनाएको छ।

यस सडक हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit