काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यससँगै चालु लाभांश सिजनमा लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।
बैंक सञ्चालक समितिको शुक्रबार (साउन २२ गते) अपराह्न केन्द्रीय कार्यालयमा बसेको ४१९औँ बैठकले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश तथा साधारण शेयरधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि बैंकको २०औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार सञ्चालक समितिको ४१९औँ बैठकले उक्त लाभांश प्रस्ताव स्वीकृत गरेको हो। गत आर्थिक वर्षका लागि बैंकले बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।
















प्रतिक्रिया दिनुहोस्