Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा प्रजातन्त्र झल्कनुपर्छ: प्रधानमन्त्री

इन्टरनेटमा अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा प्रजातन्त्र झल्कनुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सैनिक मञ्च , टुँडिखेलमा बिहीबार आयोजित समारोहमा सम्बाेधन गर्नुहुँदै । तस्बिर: किरणराज विष्ट / रासस
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गरी देशमा दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उघार्ने प्रयत्नमा सरकारले सम्पूर्ण तागत लगाएको बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ का अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट आउने संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले सबल लोकतन्त्रले असन्तोषलाई दमन नगर्ने र त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएकी छन् । प्रजातन्त्र अब इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्ने उनको भनाइ छ। उनले भनिन् । ‘प्रजातन्त्रलाई अब शासकीय स्वरूपमा आएको प्राविधिक परिवर्तनका रूपमा मात्र कदापि हेरिनुहुँदैन। अब त खासमा यो एउटा जीवनशैली हो। यो इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा झल्कनुपर्छ’, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले लोकतन्त्रलाई केवल प्रक्रिया मात्र अल्झाएर राख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताइन् । उनले जनतालाई ढिलासुस्ती, हैरानी र प्रताडना दिएर लोकतन्त्रको जग मजबुत नहुने उल्लेख गरिन् । जनतालाई विधिको शासनको नाममा दिइने हैरानीको अन्त्य हुनुपर्ने उनको भनाई थियो । ‘विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन । यो त बेथिति हो’ प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रजातन्त्र दिवसले संस्कारयुक्त राजनीति, जवाफदेही शासनशैली, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ । प्रधानमन्त्री कार्कीले राष्ट्र सबै नागरिकका लागि समान अवसर र सम्मानको साझा घर बन्नुपर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो लोकतन्त्रको मुख्य चुनौती भ्रष्टाचार, स्रोतमा सीमित वर्गको हालीमुहाली र दण्डहीनता नै हो । ठूलो युवा पंक्ति पलायन भएर हाम्रा गाउँहरु खाली हुनुको प्रमुख कारण पनि यही नै हो।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit