Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसदको समर्थन

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसदको समर्थन
विज्ञापन
Advertisement

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो। ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक पर्छ, उनले त्यो भन्दा बढी मत प्राप्त गरेका हुन्।

प्रदेश सभाका ८३ सदस्यमध्ये ७१ जना मतदान प्रक्रियामा सहभागी भएका थिए। मतदानमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गरेका छन्। प्रस्तावको पक्षमा ४५ मत परेको घोषणा गर्दै सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको जानकारी दिएका हुन्।

प्रदेश सभा बैठकमा आठ जना सांसद भने अनुपस्थित रहेका थिए। हाजिरी अभिलेखअनुसार अनुराग खड्का, अम्बिका काफ्ले, आशिष कुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलमदेवी थारु, माया पुन र सरोज थापा बैठकमा गएनन् । नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट आज विश्वासको मत लिनुपरेको हो।

कांग्रेसले समर्थन फिर्ता लिए पनि सरकारमा सहभागी तथा समर्थक अन्य दलहरूको समर्थन कायम रहेपछि आचार्यले प्रदेश सभामा बहुमत जुटाउन सफल भएका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit