Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

बागमतीका मुख्यमन्त्री थापाद्वारा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त

बागमतीका मुख्यमन्त्री थापाद्वारा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री थापाले बिहीबार नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ६ जना मन्त्री नियुक्त गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । नवनियुक्त मन्त्रिपरिषद्मा एमालेबाट भरत केसी भौतिक पूर्वाधार विकासमन्त्री र ज्ञानबहादुर तामाङ बिना विभागीय मन्त्री नियुक्त भएका छन्। केसी यसअघि नेपाली कांग्रेस नेतृत्वको संयुक्त सरकारमा वन तथा वातावरणमन्त्री थिए ।

मुख्यमन्त्री थापालाई सरकार गठनमा सहयोग गरेका केसीलाई पुनः मन्त्रिपरिषद्मा समेटिएको हो। एमालेका तामाङलाई भने मन्त्रालयको जिम्मेवारी पछि तोकिने बताइएको छ। नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका छन्। भागबण्डाअनुसार नेकपाले दुई मन्त्रालय पाउने भएकाले अर्का एक मन्त्री पनि पछि नियुक्त गरिने भएको छ ।

त्यस्तै, राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिकमन्त्री र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री नियुक्त भएका छन् ।बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ वटा मन्त्रालय रहेका छन् । हाल कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ ।

यसअघि एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थापा बागमती प्रदेशका सातौं मुख्यमन्त्री बनेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit