Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

२७ सहसचिवको सरुवा, प्रदेशदेखि संघीय निकायसम्म जिम्मेवारी हेरफेर (सूचीसहित) 

२७ सहसचिवको सरुवा, प्रदेशदेखि संघीय निकायसम्म जिम्मेवारी हेरफेर (सूचीसहित) 
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकारले २७ जना सहसचिवको सरुवा गरेको छ। भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव तथा सो सरहका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा प्रदेश सरकारका कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवा हुनेमा वेदप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालय वा अन्तर्गत, गोविन्दप्रसाद अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग, रुद्रप्रसाद पण्डितलाई पूर्वाधार विकास मन्त्रालयबाट रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

यस्तै, युगराज पाण्डेलाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। केशवराज सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रिय तथ्यांक कार्यालय तथा नवराज ढकाललाई सोही कार्यालयबाट युवा, श्रम तथा रोजगार मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

संगीता ओझालाई महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सचिवका रूपमा कामकाजमा खटाइएको छ। त्यस्तै, विष्णुप्रसाद कोइरालालाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सूचना तथा सञ्चार मन्त्रालय वा अन्तर्गत, तुलसीनाथ गौतमलाई बागमती प्रदेशबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तथा संजीवकुमार कर्णलाई कर्णाली प्रदेशबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ।

हेमराज भुसाललाई बागमती प्रदेशबाट उपराष्ट्रपतिको कार्यालय, जयकुमार घिमिरेलाई मधेश प्रदेशबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र नारद गौतमलाई लुम्बिनी प्रदेशबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ। चानुराम भण्डारीलाई युवा, श्रम तथा रोजगार मन्त्रालयबाट रक्षा मन्त्रालय तथा सुनिता नेपाललाई लगानी बोर्डको कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।

यसैगरी, दिवस आचार्यलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सचिवका रूपमा, रामबहादुर कुरुम्वाङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रदेश सचिवका रूपमा कामकाजमा खटाइएको छ।

को कहाँ पुगे ?

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit