काठमाडौं। नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सुजुकी नेपालले नयाँ ब्रेजा सार्वजनिक गरेको छ।
नयाँ पुस्ताका ग्राहकलाई लक्षित गर्दै सार्वजनिक गरिएको ब्रेजामा पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन र नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसन उपलब्ध गराइएको कम्पनीले जनाएको छ। नयाँ ब्रेजामा ५,५०० आरपीएममा ८१ किलोवाट अधिकतम शक्ति तथा २,००० देखि ३,५०० आरपीएममा १७० न्यूटन–मिटर टर्क उत्पादन गर्ने टर्बो बुस्टरजेट इन्जिन जडान गरिएको छ । यसले सहरी सडकदेखि राजमार्गसम्म प्रभावकारी प्रदर्शन दिने कम्पनीको दाबी छ।
ब्रेजामा प्रोग्रेसिभ स्मार्ट हाइब्रिड प्रविधिसहितको १.५ लिटर ड्युअल जेट, ड्युअल भीभीटी इन्जिनको विकल्प पनि उपलब्ध छ । यसमा नयाँ ६–स्पिड म्यानुअल ट्रान्समिसनका साथै स्टियरिङमा प्याडल सिफ्टरसहितको ६–स्पिड स्वचालित ट्रान्समिसन विकल्प दिइएको छ । नयाँ ब्रेजाको बाहिरी डिजाइनमा स्मोक क्रोम ग्रिल, मेटालिक ग्रे बुल बार तथा स्किड प्लेट डिजाइन, परिमार्जित ड्युअल–टोन साइड क्ल्याडिङ र नयाँ प्रिसिजन–कट अलोय ह्विल प्रयोग गरिएको छ । केबिनमा गाढा खैरो र कालो ड्युअल–टोन थिम, मेटालिक सफ्ट टच फिनिस, ग्लस ब्ल्याक एक्सेन्ट तथा लेदरेट सिट दिइएको छ । भेन्टिलेटेड फ्रन्ट सिट, अटोप्युरिफाइ, पीएम २.५ फिल्टरसहितको वायु गुणस्तर डिस्प्ले र एक्टिभ कुलिङसहितको वायरलेस स्मार्टफोन चार्जर पनि उपलब्ध छन् ।
प्रविधितर्फ १०.१ इन्च टचस्क्रिनसहितको स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट प्रणाली, इनबिल्ट इन्टरनेट कनेक्टिभिटी, वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले उपलब्ध छन्। आर्कामिसद्वारा ट्युन गरिएको प्रिमियम साउन्ड सिस्टम र ६४ रङमा समायोजन गर्न मिल्ने एम्बियन्ट लाइटिङले पनि केबिनलाई थप आकर्षक बनाएको कम्पनीले जनाएको छ। सुरक्षातर्फ अल्ट्रा हाई–टेन्साइल र हाई–टेन्साइल स्टिलको प्रयोग गरिएको बडी स्ट्रक्चरका साथै ब्लाइन्ड स्पट वार्निङ, लेन चेन्ज अलर्ट, रियर क्रस ट्राफिक अलर्ट, टीपीएमएस, इमर्जेन्सी स्टप सिग्नल र एक्जिट सपोर्ट वार्निङजस्ता फिचर छन् ।
त्यस्तै, तीन नयाँ भ्यु विकल्पसहितको ३६० डिग्री क्यामेरा तथा अगाडि र पछाडिका पार्किङ सेन्सर उपलब्ध छन्। नयाँ सुजुकी ब्रेजाले वयस्क र बालबालिका दुवैको सुरक्षामा भारत एनसीएपीबाट ५–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । नयाँ ब्रेजा भाइभेसियस अरेन्ज र लस्ट्रस बेज गरी दुई नयाँ रङमा उपलब्ध हुनेछ। यसबाहेक पर्ल ब्लुइस ब्ल्याक, म्याग्मा ग्रे, सिज्लिङ रेड, स्प्लेन्डिड सिल्भर र पर्ल आर्कटिक ह्वाइट रङ विकल्प छन्। ड्युअल–टोनमा लस्ट्रस बेज, आर्कटिक ह्वाइट र सिज्लिङ रेडमा ब्लुइस ब्ल्याक छाना उपलब्ध हुनेछ।
न्यू ब्रेजा भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औँ नाडा अटो शोमा सुजुकी प्याभिलियनको स्टल बी८२ मा प्रदर्शन गरिनेछ । प्रदर्शनीमा ग्राहकले गाडी प्रत्यक्ष अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ बुक गर्न र सुजुकीका विभिन्न मोडेलका फिचर तथा सुविधाबारे जानकारी लिन सक्नेछन् । नयाँ ब्रेजा सुजुकी नेपालका अधिकृत सोरुमबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
















प्रतिक्रिया दिनुहोस्